दफा ८
स्वास्थ्य सेवाको पदपूर्ति
(१) स्वास्थ्य सेवाको देहायका तहका तोकिएका पदहरू देहाय बमोजिम पूर्ति गरिनेछः–
तह खुल्ला वढुवाद्वारा वढुवाद्वारा वढुवाद्वारा
प्रतियोगिताद्वारा कार्यक्षमताको आन्तरिक कार्य सम्पादन अनुभवको
मूल्याङ्कन प्रतियोगितात्मक परीक्षा मूल्याङ्कनबाट हुने समायोजनद्वारा
(क) चौथो १००% – – –
(ख) पाँचौं ६५% – २०% १५%
(ग) सातौं ६५% – २०% १५%
(घ) आठौं
(चिकित्सक) १००% – – –
(ङ) नवौं
(चिकित्सक) २०% ४०% ४०% –
(च) नवौं
(नर्सिङ) २०% ४०% ४०% –
(छ) नवौं
(चिकित्सक र
नर्सिङ बाहेक) २०% ५०% ३०% –
(छ) एघार्रौं १०% ५०% ४०% –
(ज) वाह्रौं – १००% – –
(२) खुल्ला प्रतियोगिताको लागि चाहिने न्यूनतम शैक्षिक योग्यता तोकिए बमोजिम हुनेछ ।
(३) खुल्ला तथा आन्तरिक प्रतियोगितात्मक परिक्षाद्वारा पूर्ति हुने कुनै तहको पदमा समान तहको वा समान तहमा स्तरवृद्धि भई पदनाम प्राप्त गरेको तर यो ऐन बमोजिम समायोजन भई पदस्थापना भई नसकेको कुनै कर्मचारीले त्यस्तो परीक्षाको लागि निर्धारित योग्यता पूरा गरेको भएमा निज समेत सो परीक्षामा सामेत हुन सक्नेछ ।
(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पदपूर्ति गर्नु पर्ने पद भन्दा तल्लो तहमा कर्मचारी नै नभएको अवस्थामा त्यस्तो पद खुला प्रतियोगिताद्वारा पूर्ति गरिनेछ ।
(५) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्वास्थ्य सेवालाई समावेशी बनाउन खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पैंतालीस प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शत प्रतिशत मानी देहाय बमोजिमका उम्मेदवारहरुका बीचमा मात्र प्रतिस्पर्धा गराई पदपूर्ति गरिनेछ ः–
(क) महिला – तेत्तीस प्रतिशत
(ख) आदिवासी/जनजाति – सत्ताइस प्रतिशत
(ग) मधेशी – बाइस प्रतिशत
(घ) दलित – नौ प्रतिशत
(ङ) अपाङ्ग – पाँच प्रतिशत
(च) पिछडिएको क्षेत्र – चार प्रतिशत
स्पष्टीकरणः
(१) यस उपदफाको प्रयोजनको लागि “पिछडिएको क्षेत्र” भन्नाले अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ्ग, बाजुरा, मुगु र हुम्ला जिल्ला सम्झनु पर्छ ।
(२) यस उपदफाको खण्ड (क), (ख), (ग) र (घ) को प्रयोजनको लागि “महिला, आदिवासी÷जनजाति, मधेसी र दलित” भन्नाले आर्थिक र सामाजिक रुपमा पछाडि परेका महिला, आदिवासी/जनाजाति, मधेसी र दलित सम्झनु पर्छ ।
(६) उपदफा (५) बमोजिम प्रतिशत निर्धारण गर्दा एक प्रतिशत भन्दा कम घताङ्क (फ्याक्सन) जुन समूहको घताङ्क आएको हो सो भन्दा लगत्तै पछिको समूहमा सर्दै जानेछ ।
(७) उपदफा (५) बमोजिम छुट्याइएको पदमा जुन वर्षको लागि विज्ञापन भएको हो सो वर्ष हुने विज्ञापनमा उपयुक्त उम्मेदवार उपलब्ध हुन नसकेमा त्यस्तो पद अर्को वर्ष हुने विज्ञापनमा समावेश गर्नु पर्नेछ र त्यसरी विज्ञापन गर्दा पनि उपयुक्त उम्मेदवार उपलब्ध हुन नसकेमा त्यस्तो पद अर्को वर्ष खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमा समावेश गर्नु पर्नेछ ।
(८) उपदफा (५) बमोजिम निर्धारण गरिएको प्रतिशतद्वारा पदपूर्ति गर्ने व्यवस्था प्रत्येक दश वर्षमा पुनरावलोकन गर्नु पर्नेछ ।
(९) उपदफा (५) बमोजिमको प्रतिशत अनुसार पद संख्या निर्धारण गर्दा कुनै विवाद आएमा लोक सेवा आयोगबाट भएको निर्णय अन्तिम हुनेछ ।
(१०) उपदफा (१) बमोजिम पूर्ति हुने पद बाहेक अन्य पद वा तहमा दफा ९ बमोजिम स्तरवृद्धि गरिनेछ ।
(११) पदपूर्ति सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।